Saturday, November 2, 2019

यस कारण पृथिबी जयन्ति मनाउनु पर्छ:-
 बिश्वका हरेक देसले आफ्नो देशको लामो र गौरब पू


र्ण इतिहासमा सबै भन्दा ठुलो योगदान गर्ने नेता वा राजालाई सम्मान स्वरूप रास्टीय बिभुति मानेर राष्टिय दिबस मनाउने गर्दछन अनि त्यस्तो नेता वा राजाको जन्म दिनमा सार्बजनिक बिदा समेत दिने गर्दछन । र सम्मान स्वरूप आफ्नो देशको मुदद्रामा तस्बिर समेत राखेको हामि सबैले देखेकै कुरा हो । तर नेपालमा २०४७ बर्से राज्त्रन्त्रको अन्त्य पश्च्यात पृथीबी नारायण साहको जन्म जयन्ति मनाउने कि नमनाउने भन्ने बिषयमा बिभिन्न बिबादहरु भएका छन् । कुनै सरकारले पृथीबी जयन्तिमा सार्बजनिक बिदा दियो भने कुनै सरकारले दिएनन् । तर अधिकाम्स नेपाली जनता अहिले पनि पृथीबी नारायण साहको जन्म जयन्ति मनाउन चाहन्छन । नेपाली जनता पृथीबी नारायण साहलाई आदर र स्रद्दा गर्ने गर्दछन । त्यशैले पृथीबी नारायण साहको अबमुल्यन गर्नु कुनै पनि दृस्टीकोण बाट सहि मान्न सकिन्न । आफु टन्न भ्रस्टाचार गरेर अर्ब पति हुने, देश बनाउने भिजन ल्याउन नसक्ने, इमान्दार भएर काम नगर्ने अनि देश नबन्नुमा पृथिबी नारायण साहले बनाएको एकात्मक सासन प्रणालीलाइ दोस दिने दुखि आत्माहरु पनि भेटिदो रहेछ, हैट ! त्यो बेला त्यहि ठुलो थियो, त्यहि सहि थियो । त्यशैले पृथिबी नारायण साहले त्यो बेला जे गरे ठिकै गरे । अहिले जे सहि छ त्यहि गर, देश अबश्य बन्छ । अहिले देशको हालत बिग्रिनुमा पृथिबी नारायण साहलाइ दोस दिन मिल्छ ? यातायात र संचार साधन नभएको त्यो जमानामा १० दिन भोकै हिडेर पुर्ब पक्षिम पुगेर लडाई लडेर नेपाल एकीकरण गर्नु त्यति सजिलो कुरा थिएन । त्यशैले यसलाई हल्का रुपले लिनु हुदैन । (त्यो बेला राजालाई लडाई बारे सोध्न एक हप्ता लगाएर हिडेर काठमान्डौ आउन पर्थ्यो, फर्किदा अरु एक हप्ता लाग्थ्यो) अर्को कुरा पृथिब नारायण साहले अहीले जस्तो बिश्व बिद्यालयमा पडन पाएका थिएनन् । त्यो बेला गुरुकुल सिक्षाको चलन थियो । त्यशैले उनीमा स्कुले ज्ञानको कमि हुनु स्वाभाविक नै हो । र पनि उनको दिप्य-उपदेस पड्दा उनीमा प्रसस्त ग्यान थियो भन्ने बुझिन्छ, अनि देश र जनताको हित सोच्ने राजा थिए भन्ने नै, बुझिन्छ । उदाहरणका लागि दक्षिणको छिमेकी धुर्त छ होसियार रहनु, नेपाल दुइ ढुंगाको तरुल हो, घुस लिन्या र दिन्या दुवै राष्टका सत्रु हुन् यिनको सर्बश्व हरण गर्या पनि पाप लाग्ने छैन, प्रजा बलियो भए मात्र राजा बलिया हुन्छन आदि भनाइ (दिप्यउपदेस) अहिले पनि उत्तिकै मिल्दैन र ? पृथीबी नारायण साह ‘’नेपाल चार जात छत्तीस बर्णको साझा फुलबारी हो’’ भन्थे तर अहिलेका नेता र राजनीतिक पार्टीहरु जातीय राजनीति गरेर आफ्नै मुलुक भित्र द्रंद निम्त्याउदै छन् अनि सदियौ देखि मिलेर बसेका जात जाति बीच फुट पैदा गरेर आफु फाइदा लिदैछन् । जात र धर्मको राजनीति गरेर मुलुक कहिलै बन्दैन, बरु समस्याहरु समाधानको सट्टा झन् झन् बल्झिन्छन । एदी ४७ बर्षमै पृथिबी नारायण साहको सोर्गारोहण नभएको भए अझ धेरै काम गर्न पाउने थिए, तर धेरै बाच्न पाएनन्, साएद त्यो बेला अहिले जस्तो आधुनिक उपचार पद्दति नभएर होला । पहिले जस्तै अहिले पनि अस्पताल नहुने हो भने नेपालका धेरै नेताहरु मरी सक्ने थिए । नेपालका नेताले मदन भण्डारी बाहेक ४७ बर्षको उमेर सम्म कशैले देसको लागि खासै र चाहिएको योगदान गर्न सकेका छैनन् । त्यशैले पृथिबी नारायणको आलोचना गर्ने मान्छे इतिहास बुझेको सच्चा नेपाली नै होइनन । एदी पृथिबी नारायण न भैदिएका भए ‘’नेपाल’’ भारतले वा इस्ट इन्डिया कम्पनीले खाइ दिने थियो । आज हामीले उनले गर्दा नै नेपाली भन्न पाएका छौ । उनले घडेरी जोडी दिए, अब आधुनिक घर बनाउने काम त हाम्रो हो नि । क्रिसमस मनाउने तर पृथिबी जयन्ति नमनाउने ? पृथीबी नारायण साह घुस लिन्या र दिन्या रास्टका सत्रु हुन्, यिनका सर्वस्व हरण गर्या पनि पाप लाग्ने छैन भन्थे, तर अहिलेका नेता त् आफै भ्रस्टचारी छन् । घुस, चन्दा, कमिसन नलिए पार्टी नै चलाउन सकिदैन भन्ने सोच्छन । डनहरु हाम्रा कार्यकर्ता हुन्, तिनलाई छुनु हुदैन भन्ने सोच्छन, अनि देश बन्छ त् ? त्यशैले राष्टपिता पृथिबी नारायण साहको जन्म जयन्ति मनाउनै पर्छ, अनि उनको सम्मान स्वरूप नेपाली नोटमा पृथिब नारायण साहको फोटो राख्न्नु पर्दछ । भारतको नोटमा गान्दिको फोटो छ, अमेरिकाकोमा लिंकनको, चीनमा मावोको, पाकिस्थानमा जिन्नादको भने नेपालको नोटमा पृथिबी नारायणको फोटो राख्न्न किन नहुने ? त्यसकारण नेपालीको अस्तित्व समाप्त पार्ने सक्तिहरुले मात्र पृथिब नारायण साहलाइ गालि गर्ने गर्दछन । बाकिको मनमा पृथिबी नारायण साह प्रति राजा बिरेन्द्रलाइ जत्तिकै स्रद्दा छ । त्यशैले इतिहासलाइ गलत ब्यखा गर्नेहरुको भ्रममा नपरौ । आफ्नो इतिहास, पुर्खाको गौरब र योगदानलाइ नबिर्सौ । बाउ त् बाउ नै हुन्छ, बाउले टन्न कमाइ दिएनन त्यशैले मैले मोज मस्ती गर्न पाइन् भनेर भन्न मिल्छ र ? सम्पति जोड्न नसक्नु बाउको पनि मजबुरी थियो होला, नत्र त् कसले पो आफ्नो सन्तानलाई सम्पति नजोडीदिउ भन्ने सोच्लान र ! कमाउन नसक्ने बाउलाई गालि गर्न मिल्छ र ? पृथीबी नारायण साहको नेपाल एकिकरणको अभियानले त् पुर्बमा टिस्टा र पक्षिममा काँगडा सम्मको भुमि जोडेको थियो, तर त्यस पछिका पुस्ताले उक्त भुमि बचाउन सकेनन । हामि चाहि बचेको भुमि भारतले मिच्च्दा पनि चुपचाप छौ, हामि आफ्नो बचेको भुमि बचाउन र बनाउन सकी रहेका छैनौ । हामि त् एक आपसमा बिबाद र झगडा गरेर अल्झेर बसेका छौ । हामि भन्दा पछि बिकास गर्न थालेका गरिब देसहरु कंहा बाट कंहा पुगी सके । तर हामि तिनै देशमा रोजगारीका लागि युवाहरु पठाउछौ । अनि तिनै देश बाट आर्थिक सहयोग लिने गर्दछौ । यहि हो त् हामीले बनाएको देश बिकासको आधार ? यहि हो त् नेपालको पहिचान ? त्यसकारण पृथीबी जयन्ति मनाउदैमा कसको के बिग्रिन्छ ? क्रिस्मस र बिदेसी ग्रलफ्रेन्डको बर्थ डे मनाउने तर पृथिब जयन्ति चाँही नमनाउने ? त्यशैले कुनै पनि पक्षलाइ पृथीबी जयन्तिको बिबाद नगरिदिनु हुन् अनुरोध छ । सरकारलाई पनि पृथीबी जयन्तिको दिन हरेक बर्ष सम्मान स्वरुप सार्बजनिक बिदा घोसणा गरिदिन बिनम्र अनुरोध छ । By: Min bahadur pandit, Dubai

No comments:

Post a Comment